Posts

Showing posts from June, 2018

मिस्टर एम

मिस्टर एम, तपाईको नाम तरह, म मिस एस । यो शहरमा छुँ खै कुन्नी के रहरमा छु । हामी हल्का चिनजानका मानिस, जिमेल पहिलो संवादको सूत्र बन्यो हामो लागि तत्पश्चात शुरु भयो साथी । एक पटक त भेटि सक्यौं नि ! मिस्टर एम, मलाई लागेका कुरा लेख्दैछु । लागेका कुरा भित्र भोगेका, देखेका, सुनेका कुरा पनि पर्लान् । यसरी लेखेका सबै कुरा तपाई देख्नुहोला नहोला । केटी भईकन म परिपक्क युवती हुँ । यस अर्थमा युवतीमा हुने इच्छा र आवश्यकता म मा पनि छ । जो तपाईले देख्नुभएको पनि छ । हामी एकपटक भेटीसक्यौं । भेटमा मैले वा तपाई दुवैले थाहा पाइसक्यौं । चाहे हाम्रो ग्रह मिल्ने होस् वा युवावस्थाको आवश्यकता बाहानाको रुपमा आएको होस् । हामीले महशुस गर्यौ हामी एक–अर्कामा खुशी हुन सक्छौं । सकिदैन सजिलै मानिस चिन्न । कुन आधारमा हामी एक–अर्कालाई विश्वास गर्न सक्छौं ? नजिक हुन सक्छौं ? मेरो प्रश्नमा तपाईको प्रतिप्रश्न थियो उसो भए विश्वास कमाउनुपयो हैन त ?? मैले मुस्काउदै भनेथेँ, अवश्य । हामी सँगै बसेका थियौं । दिन ढल्किसकेको थियो तर अघोषित र अनियोजित डेटिङ शुरु भएको थियो । तपाईको हात मेरो काधमाथी