रोजविन ३
हो मैले पाप गरेँ । त्यसैको श्राप लाग्यो । मेरी प्रियतमा आज कसैको अंगालोमा छे । आज अर्कैको प्रेममा बाधिएकी छे । कसैको विश्वासपात्र मात्र नभएर जीवनको अभिन्न अङ्ग भएकी छे । भगवान ! तँ प्रति म कत्रो भरोसा राख्थेँ ! तेरै भरोसामा उमाप्रतिको प्रेमभाव मजबुत बनाएको थिएँ । मैले बनाएको भगवानप्रति स्वयंमा शंका उत्पन्न भएको छ । विनले मलाई प्रेम प्रस्ताव राखिन, न मैले राख्न सकेँ । अब कसैसँ ग प्रेम गर्दिनँ मैले कबुलेँ र विस्तारै त्यो भुलेँ । विन त भन्दैन थिई तर आभाष हुन्थ्यो । उसँ गको पल , यादमा त्यो खास हुन्थ्यो । खै किन कसरी विनको सामू सारा दुःखहरु हटेका हुन्थे , हरेक अङ्ग कष्टका पहाड समथर पार्न खटेका हुन्थे । मतलब उत्साहीत हुन्थे । मलाई जे ग ¥ यो गरीरहुँ लग्थ्यो । तर उसको प्रेमभावलाई मैले वेवास्ता गर्दै आएको थिएँ । किनकी साउनमा आँ खा फुटेको गोरुले सधै हरियो देख्छ भनेजस्तो मैले सबै केटीहरु उमाझैं हृदयविहीन र वचनमा कटिबद्ध नहुने किसिमका देख्न थालेँ । विनले मलाई ‘ कोही मेरो ’ भन्दीए हुन्थ्यो भन्ने अभिव्यक्ति दिदै गर्दा मैले भनेको थिएँ , " ओ बन्छु। तिमी मेरो कोह