मिस्टर एम

मिस्टर एम,
तपाईको नाम तरह,
म मिस एस । यो शहरमा छुँ खै कुन्नी के रहरमा छु । हामी हल्का चिनजानका मानिस, जिमेल पहिलो संवादको सूत्र बन्यो हामो लागि तत्पश्चात शुरु भयो साथी । एक पटक त भेटि सक्यौं नि !
मिस्टर एम, मलाई लागेका कुरा लेख्दैछु । लागेका कुरा भित्र भोगेका, देखेका, सुनेका कुरा पनि पर्लान् । यसरी लेखेका सबै कुरा तपाई देख्नुहोला नहोला ।
केटी भईकन म परिपक्क युवती हुँ । यस अर्थमा युवतीमा हुने इच्छा र आवश्यकता म मा पनि छ । जो तपाईले देख्नुभएको पनि छ ।
हामी एकपटक भेटीसक्यौं । भेटमा मैले वा तपाई दुवैले थाहा पाइसक्यौं । चाहे हाम्रो ग्रह मिल्ने होस् वा युवावस्थाको आवश्यकता बाहानाको रुपमा आएको होस् । हामीले महशुस गर्यौ हामी एक–अर्कामा खुशी हुन सक्छौं ।
सकिदैन सजिलै मानिस चिन्न । कुन आधारमा हामी एक–अर्कालाई विश्वास गर्न सक्छौं ? नजिक हुन सक्छौं ? मेरो प्रश्नमा तपाईको प्रतिप्रश्न थियो उसो भए विश्वास कमाउनुपयो हैन त ??
मैले मुस्काउदै भनेथेँ, अवश्य ।
हामी सँगै बसेका थियौं । दिन ढल्किसकेको थियो तर अघोषित र अनियोजित डेटिङ शुरु भएको थियो । तपाईको हात मेरो काधमाथी झुण्डिएको थियो । दुबोमाथि नदिकीनारामा बसीरहँदा एकछिन पछि तपाइले भन्नुभयो “मैले धेरै गर्नुछ ... ।” धेरै भन्नाले मैले सोधेँ । तपाइले भन्नुभयो “धेरै गर्न बाँकी छ, सबैभन्दा धेरै विश्वास कमाउनु छ ।” म हाँसे र सहमत जनाउँदै भनेँ, “हो त नि ।” सम्पत्ति घर, जग्गा, भन्दा ठूलो, सबैभन्दा महत्वपूर्ण र विशेष कुरा नै विश्वास त होनि (मनमनै) ।
मिस्टर एम, प्रेम भन्दा पनि विवाह मेरो लागि आवश्यकता हो । यसो भनिरहँदा नराम्रो र नमिलेको सुनिदो हो । हुन त मैले विवाह गरौं प्रेम हैन भन्न खोजेको हैन । मेरो भनाईको तात्पर्य बुझ्ने प्रयास गर्नुहुने नै छ ।
म विवाह अघि शारीरिक सम्बन्ध राख्नेछैन । वा राख्न हुदैन भन्ने मान्यता बोकेको परम्परावादी केटी हुँ ।
भेट, भेटमा चुम्बनको चाहा, स्पर्शको चाहा त्यसपछि मैले लेखिरहनु नपर्ला तर बुझ्नुस् चाहा बढ्नेछ र यो बढेको बढ्यै गर्न पनि सक्छ । यो चाहा पूर्तिको चक्करमा यसले अनावश्यक निरासा उत्पन्न गराउँछ तपाईलाई र म सहभागि भएँ भने मलाई पनि । त्यसैले त मेरी आमा "कसैलाई मनपेट नदिनु" भन्ने उपदेश दिएर स्वर्गे भइन् । त्यसरी उत्पन्न भएको चाहा मेटाउन म मान्दीनँ । यस्तो अवस्थामा मलाई मनाउन चाहनुहुन्छ भने वा यौनसम्पर्क गर्न नचाहँदा सम्बन्ध सुदृढ हुन्छ जस्तो लाग्दैन भने हामी भो, भोलि नभेटौं ।
म अलिक पृथक छु जस्तो लाग्छ, कैलेकाही मूर्ख पो हुँ कि जस्तो पनि लाग्छ । कुनै केटीको केटा मानिस असल साथी हुन सक्छन् भनेर सोच्ने गर्छु । हुन्छन् पनि । होत, छन् पनि । अनि के तिमी मेरो साथी बन्न सक्छौं ? भन्ने प्रश्नमा उत्तर “अ, अवस्य” दिन्छु र “साथीसँग पनि कुरा गर्न हिच्कीचाउने ?” भनेर सोध्दा “हैन गर्छु नी !” भन्दै आफ्ना मनका कुरा पनि भन्दै हिड्न सक्छु। यही बानीलाई कमजोरी ठान्नुपर्छ मैले कैलेकाही । किनकी यसको फाइदा लिन खोज्ने स्वार्थी साथी पनि हुन सक्छन् मानववस्तीमा ।
मिस्टर एम,
रहर पनि छैन र मेरो कल्पनाको राजकुमारको काठमाडौंमा घर हुने छैन तर तपाईको छ । तपाईको मष्तिष्कमा यो खाल्टोको उर्वरभूमिमा बनाएको महल आजै भत्काउनुस् हैन भने म भोलि भेट्ने छैन ।
मलाई लाग्छ, फोहोर गर्न जान्नेले नै सफा गर्न जान्दछ । यसको मतलब मानिस नराम्रो उसको फोहोरी सोचले हुन्छ र ऊ परिवर्तन हुन सक्छ । गल्ति गर्नेहरुले नै गल्ति नगर्न जान्दछन् । म मा पनि मानवीय गुण छ । कसैको दुःखमा रुने र सुखमासँगै रम्ने गर्छु । तर ति दुःख, सुख नौटङ्कीका चाही हुन हुदैनन् ।
रिस, राग, द्वेष, घमण्ड आदी इत्यादी कती–कती मात्रामा छन्, तर ममा पनि केही कमजोरी छन् ।
सँगै, खुसी, आत्मीयता, प्रेम, सद्भाव, नम्रता जस्ता गुण पनि छन् । जेहोस् ३२ सै लक्षणले भरीपूर्ण म छैन र सजीलै हुदिनँ पनि ।
मिस्टर एम,
खास म कुनै अपरिचित पुरुष(केटा)को अगाडी परेभने भन्छु भनेको कुरा पनि भुल्छु । तपाई अपरिचित नै त हैन तर सामान्य चिनजान लाई परिचित भन्नु पनि त सही हुन्न । त्यसैले पनि यो सबै लेख्न म लालायित भएँ ।
मलाई लाग्छ,हिजो भेट्दा जसरी आफू हास्नुभाथ्यो/हसाउनुभाथ्यो, बोल्नभाथ्यो/बोलाउनुभाथ्यो, रम्नुभाथ्यो/रमाउनुभाथ्यो भोली पनि यस्तै रहनुहोस् । किनकी पुनः पटक–पटक मलाई राम्रा गुणहरुको मात्रा बढाउन तपाईको सकारात्मक दृष्टि र व्यवहारको खाचो हुनेछ । म पनि प्रयास गर्नेछु । मैले भनिसकेँ मलाई प्रेमी हैन प्रेमपूर्वक व्यवहार गर्न जान्ने जीवनसाथी चाहिएको छ । त्यसैले सतही रुपमा साथी बनाई रमाइलो गर्ने सोच बनाउनुभएको छ भने दश औला जोडेर नमस्कार गर्छु, “म भोलि भेट्ने छैन ।”
घरमा कसैले विवाह गर् भनेर ठाडो आदेश त दिनुहुन्न यदि विवाह गर्ने मनसाय नै नभएको खण्डमा कसैले गर–गर् भनेर जबरजस्ती गर्न खोज्छ भने म त्यसको प्रतिवाद गर्ने क्षमता राख्छु तर कुनै विशेष परिस्थिती आई विवाह गर्ने पर्ने खण्डमा/गर्दा उत्तम हुने खण्डमा तयार हुनुहुन्न र आफ्नो परिवारलाई मनाउन सक्नुहुन्न भने म तपाईको जीवनसाथी बन्न सक्ने छैन । एकैछिन पनि प्रेमिका बन्ने इच्छा व्यक्त गर्न सक्ने छैन । यसर्थ, म भोलि भेट्ने छैन ।
मिस्टर एम, तपाईका हरेक इच्छा परिपूर्तिमा म सदैव साथै रहेर तपाइसँग काम गर्नेछु भन्ने कुरामा थोरै मात्र शंका गर्नुहुन्छ भने म तपाईबाट सदैव टाढा रहन चाहन्छु ।
कुनै पनि केटी राम्रो देखिने पुरुषमाथी छिट्टै विश्वास गर्न सक्छे । त्यसैगरी विश्वासघातको लात खाएर पटकपटक मर्न पनि सक्छे । त्यसैले
मिस्टर एम,
तपाईलाई दुई विकल्पहरु छन्, कि मलाई बचाउनुहोस् कि नमार्नुहोस् । यसमा सहमत हुनुहुन्न भने हाम्रो भोलि हैन, कहिल्यै भेट हुने छैन ।
मिलाएर पढ्नुहोला । भन्न खोजेको कुरा बुझ्ने प्रयास गर्नुहोला । यसैमा आभारी हुनेछु ।
उही
मिस एस

Comments

Popular posts from this blog

रोजविन ३

रोजविन -२