Posts

मिस्टर एम

मिस्टर एम, तपाईको नाम तरह, म मिस एस । यो शहरमा छुँ खै कुन्नी के रहरमा छु । हामी हल्का चिनजानका मानिस, जिमेल पहिलो संवादको सूत्र बन्यो हामो लागि तत्पश्चात शुरु भयो साथी । एक पटक त भेटि सक्यौं नि ! मिस्टर एम, मलाई लागेका कुरा लेख्दैछु । लागेका कुरा भित्र भोगेका, देखेका, सुनेका कुरा पनि पर्लान् । यसरी लेखेका सबै कुरा तपाई देख्नुहोला नहोला । केटी भईकन म परिपक्क युवती हुँ । यस अर्थमा युवतीमा हुने इच्छा र आवश्यकता म मा पनि छ । जो तपाईले देख्नुभएको पनि छ । हामी एकपटक भेटीसक्यौं । भेटमा मैले वा तपाई दुवैले थाहा पाइसक्यौं । चाहे हाम्रो ग्रह मिल्ने होस् वा युवावस्थाको आवश्यकता बाहानाको रुपमा आएको होस् । हामीले महशुस गर्यौ हामी एक–अर्कामा खुशी हुन सक्छौं । सकिदैन सजिलै मानिस चिन्न । कुन आधारमा हामी एक–अर्कालाई विश्वास गर्न सक्छौं ? नजिक हुन सक्छौं ? मेरो प्रश्नमा तपाईको प्रतिप्रश्न थियो उसो भए विश्वास कमाउनुपयो हैन त ?? मैले मुस्काउदै भनेथेँ, अवश्य । हामी सँगै बसेका थियौं । दिन ढल्किसकेको थियो तर अघोषित र अनियोजित डेटिङ शुरु भएको थियो । तपाईको हात मेरो काधमाथी

रोजविन ३

हो मैले पाप गरेँ  ।  त्यसैको श्राप लाग्यो । मेरी प्रियतमा आज कसैको अंगालोमा छे । आज अर्कैको प्रेममा बाधिएकी छे । कसैको विश्वासपात्र मात्र नभएर जीवनको अभिन्न अङ्ग भएकी छे । भगवान !   तँ प्रति म कत्रो भरोसा राख्थेँ !  तेरै भरोसामा उमाप्रतिको प्रेमभाव मजबुत बनाएको थिएँ   । मैले बनाएको भगवानप्रति स्वयंमा शंका उत्पन्न भएको छ । विनले मलाई प्रेम प्रस्ताव राखिन,   न मैले राख्न सकेँ   । अब कसैसँ ग प्रेम गर्दिनँ   मैले कबुलेँ   र विस्तारै त्यो भुलेँ   । विन त भन्दैन थिई तर आभाष हुन्थ्यो । उसँ गको पल , यादमा त्यो खास हुन्थ्यो । खै किन कसरी विनको सामू सारा दुःखहरु हटेका हुन्थे , हरेक अङ्ग कष्टका पहाड समथर पार्न खटेका हुन्थे । मतलब उत्साहीत हुन्थे । मलाई जे ग ¥ यो गरीरहुँ  लग्थ्यो । तर उसको प्रेमभावलाई मैले वेवास्ता गर्दै आएको थिएँ   । किनकी साउनमा आँ खा फुटेको गोरुले सधै हरियो देख्छ भनेजस्तो मैले सबै केटीहरु उमाझैं हृदयविहीन र वचनमा कटिबद्ध नहुने किसिमका देख्न थालेँ   । विनले मलाई ‘ कोही मेरो ’ भन्दीए हुन्थ्यो भन्ने अभिव्यक्ति दिदै गर्दा मैले भनेको थिएँ ,  " ओ बन्छु। तिमी मेरो कोह

रोजविन -२

गोकर्णमा गयौ एकदिन । उकालोमा बाइक रोकेँ। अलिक परतिर गयौं हामी । अलैचीघारी थियो । विनले ठाऊ रमणीय भएकोले मनपराई । प्रसन्न थिई । कुनै फिल्मको दृश्य झै आभाष भैराथ्यो । त्यही   बीचमा बसेका थियौं । मैले चुम्न खोजेँ तर मुख सहित मुन्टो नै धकेलिदिएकी थिई । ममा रिस र उ मा निराश सँगसँगै उत्पन्न भएको थियो अनि फर्किएको थिएँ म साथमै लिएर रिस र रिस उठ्दी । फर्किदै गर्दा मैले सोधेेँ   " तिम्ले किन दिएनौ चुम्न ?" भनेकी थिई " मन लागेन त्यसैले . " पुनः प्रश्न गरेँ   " किन मन लागेन ?" ’ बालक झैँ   प्रश्न तेर्स्याउने गर्थें म । मेरो मनस्थिति बुझेरै होला उसले बाइक रोकाएकी थिई । राम्रो सँ ग नरोकिदै ओर्लि । " ल आऊ । " उ सरासर अगि लागी । म पछिपछी । गुम्बा थियो । गुम्बाको साइड तिर गुन – गुन गरिरहेका एक जोडि । पहिले छेलिएका थिए देखिदैन थियो त्यो जोडि । त्यहिबेला , रिसको औषधिको रुपमा स्विकृति दिएकी थिई । मैले  चुमेँ   । मान्छे छन् , म भन्दै थिएँ   ।  " केही हुन्न देखेर   ।"  विन ले भनी । त्यसको स्वीकृतिले सहजै बुझ्न सकिन्थ्यो मलाई मन पराउन

रोजविन -१

सबै अपसोचहरु थिए ..... चस्कीरहे ँ , झस्कीरहे ँ । मनमनमै एकदिन उसलाई भेट्दा सोचेको थेँ , कत्ति सोझी छे , ज्यादै लाटी । मेरो मोहनीजालमा फस्छे यो । ’ आज मनमनै आवाज गुञ्जन्छ , फसाए ँ , अनि फसेँ । मुद्धाको प्रक्रिया शुरु ह ुँ दा लागेको थियो , ऊ उम्की भने ँ ? म मात्र फसे ँ भने ? बिचरी ! विन एकदिन डाको छोडेर रुदै थिई । चिन्ताले कमजोर हुदै थिई । भक्कानिदै भनेकी थिई : ' मलाई नछोडन । ’ त्यस्तो अवस्थामा मैले पनि सामान्य तरिकाले जवाफ दिएको थिए ँ , कहा ँ समातेको छु र ? " तिमीले मलाई के सोचेका छौ ? कुन रुपमा लिएका छौ ? " उसको प्रश्नमा मेरो जवाफ हुन्थ्यो , " तिमी निकटकी हौ , सबैभन्दा नजीककी । " सायद सान्त्वना मिल्थ्यो । ऊ चुप लाग्थी । म बुझ्न सक्थेँ , ऊ अलमलमा छे । खासै सन्तुष्ट छैन तर आशा थियो विस्तारै सन्तुष्ट होली । सधै छुपाएँ मैले । मेरी प्रेमिका छ , अत्यधिक माया गर्छु म उनलाई । उनी मेरी सर्वेसर्वा हुन् । धर्ती , आकाश , जुन । प्रेम अन्तरमनबाट गरिन्छ । मैले उनैलाई अन्तरमनबाट गरे ँ । उनैस ँ ग मेरा हर सपना जोड्दै थिए ँ । अमृत पिलाएकी थि