रोजविन ३
हो
मैले पाप गरेँ । त्यसैको श्राप लाग्यो । मेरी प्रियतमा आज
कसैको अंगालोमा छे । आज अर्कैको प्रेममा बाधिएकी छे । कसैको विश्वासपात्र मात्र नभएर
जीवनको अभिन्न अङ्ग भएकी छे ।
भगवान ! तँ प्रति
म कत्रो भरोसा राख्थेँ ! तेरै
भरोसामा उमाप्रतिको प्रेमभाव मजबुत बनाएको थिएँ ।
मैले बनाएको भगवानप्रति स्वयंमा शंका उत्पन्न भएको छ ।
विनले
मलाई प्रेम प्रस्ताव राखिन, न
मैले राख्न सकेँ ।
अब कसैसँग
प्रेम गर्दिनँ मैले
कबुलेँ र
विस्तारै त्यो भुलेँ ।
विन त भन्दैन थिई तर आभाष हुन्थ्यो । उसँगको
पल,
यादमा
त्यो खास हुन्थ्यो । खै किन कसरी विनको सामू सारा दुःखहरु हटेका हुन्थे, हरेक
अङ्ग कष्टका पहाड समथर पार्न खटेका हुन्थे । मतलब उत्साहीत हुन्थे । मलाई जे ग¥यो
गरीरहुँ लग्थ्यो । तर उसको प्रेमभावलाई मैले वेवास्ता गर्दै आएको थिएँ ।
किनकी साउनमा आँखा
फुटेको गोरुले सधै हरियो देख्छ भनेजस्तो मैले सबै केटीहरु उमाझैं हृदयविहीन र वचनमा
कटिबद्ध नहुने किसिमका देख्न थालेँ ।
विनले
मलाई ‘कोही
मेरो’ भन्दीए
हुन्थ्यो भन्ने अभिव्यक्ति दिदै गर्दा मैले भनेको थिएँ, "ओ
बन्छु। तिमी मेरो कोही हौं । तिमीसँगका
पल.... ओहो ..... कहाँ भुल्न
सकुँला
र ? कहिल्यै
भुल्दिनँ ।
भुल्न सक्ने छैन । तिमी स्पेशल हौं । मेरो जीन्दगीको एक मात्र निकट हौं । तर विवाहको
कुरा नगर........."
उमाको
विवाहको कुरा चल्नु अघि एकदिन भाईले "पानी
भनेको मिनीरल वाटर नै खानुपर्छ" भन्ने
स्टाटसमा उसैले कमेन्ट गरेकी थिई “कहाँ पाउछ
र पियोर मिनिरल वाटर आजकाल यो शहरमा? म
विस दिन जति बोलीनँ ।
तात्पर्य उसको यो थियो कि कोही स्वच्छ हुन्नन् हिजो आज । मलाई रिस उठेको थियो । खासै
बोलचाल भएको थिएन । त्यसपछी नै हामी बिच सम्पर्क पातलिएको थियो । तर टिकाटालाको खबरले
म उद्देलित भएको थिएँ ।
मरितुल्य । भाव शुन्य । गहिरो चोट परेको थियो मष्तिस्कमा ।
अदालतमा
मलाई पहिलो चोटी उभाईदा हल्का आत्तिएको थिएँ ।
मेरो भूमिका थियो, सफाई दिनु ।
विनले
मेरो विरुद्ध उजुरी दिएकी थिई अदालतमा । तर मलाई यो सबै विनले गरी भनेर कत्ति पनि विश्वास
लागेको थिएनँ । त्यसको पछाडी कोही न कोही छ
। कसै न कसैको षडयन्त्र थियो मलाई फसाउने यो अदालती खेलमा । विन त मलाई मन पराउथी ।
यो मैले विनका आँखा, हाउभाउ, मप्रति
गरीएका शैली र सद्भावहरुले दर्शाउथे । तैपनि यथार्थ जिन्दगीमा आइलाग्ने नयाँ नयाँ मार्गहरुले
तर्शाउथे ।
मैले
सरसर्ति बताइदिएँ । “यसो
यसो गरेँ।
यस्तो-यस्तो सोचेर तर मैले कहिल्यै प्रेम गर्छु भनिनँ ।”
“अन्तरआत्मादेखी
पनि ?“ प्रतिपक्षीले
प्रश्न ग¥यो । म अकमकाउदै बोलेँ ”अन्तरआत्माबाट
पनि।” के
अन्तरकुन्तरको कुरा अदालतमा गरीराको होला । मलाई कतै गएर हाँस्न मन लागिरहेको थ्यो तर हासोलाई दबाएर भनेँ, "मलाई
यौनइच्छा थियो, इच्छा परिपूर्तिको लागि रोजाइ थिइन् उनि
वस् मैले त्यति सोचेको थिएँ।”
पुनः
भनु कि नभनु भन्ने सोच्दासोच्दै भनिहालेँ, सायद
केटीहरु लजालु हुन्छन् । इच्छा व्यक्त गर्न बोल्दैनन्, छुपाउँछन्, लाग्थ्यो
उनलाई पनि रहर थियो । वास्तवमा दुवैको मिलेमतोमा सम्बन्ध रहेकोेजस्तो लागेको थ्यो।
”उनको
त तपाईसँग
सम्बन्ध राख्नुको तात्पर्य क्षणिक सुखसयल थिएन रैछ नि! जिवनभरको लागि सोचिएको साथीलाई दिइएको खुशी, उसकै निम्ती गरिएको त्याग र उप्रति गरिएको
विश्वास थियो भन्ने आभाष पाउनु भएन ? जानी–जानी कसैलाई आहत बनाउनु मानव धर्म हैन महोदय। ऊ अपराधी हो उसले एक अवला नारीको अस्मीता लुट्यो। साथको नाममा ऊ लात पर्यो । विश्वासघात गर्यो ...”
फतफतादै थियो प्रतिद्वन्द्वी ।
मेरा
पक्षबाट बोल्ने वकिल झन् बलिया थिए ।
बोलेका
थिएः ‘न्यायाधिस
महोदय,
भावनामा
बहकिएर मर्दको जवानसँग
नडराउनु उनको पहिलो गल्ति हो । जुनै स्थान वा परिस्थितीमा हेर्नुस् गल्ति एक पक्षको
मात्र हुदैन । त्यसमाथि उसले कहिल्यै प्रेम गर्छु भनेको थिएन भने उनी स्वयं एकोहोरो
प्रेममा अन्धी भएकी हुनुपर्छ र यो अवस्थामा ऊ निर्दोष देखिन्छ ।’
मैले
वीनसँग
भनेको थिएँ "तिमी प्रेममा र म वासनामा, हामी दुवै अन्धा भएका थियौं । "
वकिल
भन्दै गए.... "महोदय, यौन
इच्छा सामान्य इच्छा हो । जो युवक युवतीमा हुन्छ । गुपचुप दुवैको सहमतिमा सम्बन्ध हुनुमा
केटि पक्षको पनि इच्छा रहेको देखिन जान्छ । यस विषयलाई ठूलो रुपमा नलिई मुद्धा यही
सुल्झाउन सकिन्छ । यदी युवतीमा कुनै इच्छा थिएन भने सम्बन्ध कसरी रहन्छ? फेरी
यौनावस्थामा यौनइच्छा नहुनु पनि त केटिमा देखिएको कमजोरी हो । वा उनी मानसीक रुपमा
कमजोर हुन सक्छीन् ...’ मेरो पक्षको आवाज तत्काल खण्डन गर्दै प्रतिपक्ष
बोल्न थाल्योः
"विचार
गरेर बोलौ होलामित्र । नेपाली संस्कार र समाजले यौनावस्था लागेर यौनइच्छा जाग्छ र त्यही
इच्छा परिपूर्ति जरुरी लाग्छ वा आवश्यक लाग्छ भने विवाहको चलन चलाएको छ । यसले यौनइच्छा
मात्र हैन, स्त्रिपुरुष मिलेर गर्ने सहकार्यका हर काममा
सघाउ“छ
। त्यही इच्छा परिपूर्तिको लागि कुनै अवला र निर्दोष चेलीबेटीलाई प्रयोजनमा ल्याउनु
मात्र हैन सोच्नु पनि महापाप हो । यो नारीमाथीको अत्याचार मात्र हैन मानवअधिकार हनन
पनि हो । देशभक्त र स्वच्छ छवि भएका व्यक्तिहरु संस्कार र समाजको मर्यादा मनन गर्छन्
भने सम्मान गरिनुको साटो मानसिक रोगी भनेर अतिरञ्जित शब्द प्रयोग नगर्दा राम्रो होला ।
तत्काल
खण्डन गर्दै मेरो पक्षका वकिल पुनः बोले ।
"महोदय, के
उनले संस्कार अवलम्वन गरिन् विवाहपूर्व नै यौनसम्बन्ध राखेर ? कि
एकोहोरो प्रेममा अन्धो बनेर ? कि भावनामा बहेर ? केहि
प्रमाण छ भने पेश गर्नुस् जसले विनको इच्छा विपरीत रोजले सम्बन्ध राखेको थियो ।"
म
मनमनै ढुक्क भएको थिएँ।
मुसुक्क हासेको अनि खुसुक्क वासेको थिएँ ः "भए
पो पेश गर्नु ? लागेको
थियो,
त्यसको
लागि समय एकाएक प्रतिकुल भयो ।
न्यायाधिशले
प्रमाण पेश गर्न अनुरोध गरे“।
म्याद स¥यो
मुद्धाको । असोज १ गते ११ बजे ।
लामो
सास फेरे“ ।
वकिललाई धाप मारे“ ।
अन्यायको विपक्षमा बोलेर आएको मानिस झैँ खीस्रीक्क
रुन्चे हाँसो
हासेको थियो ।
"के
भयो सर? धेरै
राम्रो बोल्नुभयो । किन निराश, केही बोल्नै पर्ने कुरा
छुटाउनु भयो कि ?"
वकिलले भन्यो "वास्तवमा
मेरो काम जसको पक्षमा बोल्छु त्यसलाई जीताउने हो तर विपक्षीको रुपमा उक्त केटी भीन्न
स्वभावकी लाग्यो । त्यसको शब्दभन्दा बढी भावमा दम देखिन्छ । गोर्खालीको छोरा जसै विर
हुन्छ छोरी पनि हुन्छे । नालापानी कालापानी युद्धमा धेरै आमा/छोरी/चेलीहरुले
ज्यान बलीदान दिएका छन् । उनीहरुले पनि युद्ध जिताउन आफ्नो अमूल्य जिवन आहुती दिदै वलभद्रलाई
डटेर साथ दिएको इतिहास छ । आफ्ना मृत पतिमाथी पतिभक्ति देखाउदै संस्कारको नाममा कत्ति
नारीहरु ज्यूदै जलिन सक्छन् । सरकार कमजोर र स्थायी होस् तर यो ठाऊको संस्कार बलियो
छ जसलाई आड र निरन्तरता दिने पचासप्रतिशत भूमीका नेपाली महिला दिदीबहिनीको छ । नारीभित्रको
शक्तिलाई यसरी हीनभावले हेरिनु मलाई पनि कता कता...
मैलेठ्याक्कै
उसको भनाई काट्दै भनेको थेँ, "के
कता–कता ? लाजले
कुती–कुती
लाग्नुपर्ने तिम्लाई ।तिमीले आफ्नो पेशा र कार्यप्रकृति यसरी भुल्न खोज्न हुन्न वकिल
साब।"
एकाएक
म कठोर हुदै गएको थिएँ ।
मानौं आफ्नो प्रेमिका टाढिनुमा ऊ एक कारक थिई ।
मसँग
भएको कुरो सकिने वित्तिकै वकिलले तर्क तेर्सायोः ‘हैन, उसले
जीवनसाथी झैँ व्यवहार
गर्नु र धेरै अनुनय विनयपछि लाचार भएर तपाईको सामु सर्वस्व सुम्पनु भनेको विशेष व्यक्ति
मान्नु हो । यसमा त्यस केटिको निर्दोषपना देखिन्छ । मुद्धा हारी भने त्यसले जीवन हारेको
ठान्न सक्छे र मरीदिन बेर लगाउदिन ।
"त्यो
मर्नु र बाच्नुसँग
किन सरोकार राख्नुहुन्छ? सक्नुहुन्छ भने यसै गरि एकपटक अदालत सामु
खडा हुनु्स् वकिल साहेब । पेशानुसार कडा हुनुस् । मुद्धा जित्नु र
तपाई सफल हुनु उस्तै हो । सक्नुहुन्छ केहि समय खटिनुहोस् सक्नुहुन्न भने अर्कै कुरो
....।’
यसरी
अमानवीय अभीव्यक्ति दिएको थिएँ मैले
।
‘जुन
पेशा गरेपनि गर्ने त मानव हुन् । मानवमा मानवतानै म¥यो
भने मान्छेको रुपमा दानव हो त्यो । वकिल हुनुभन्दा अगाडि म एक मानव हुँ मित्र।’
वकिलको
कुराले एकैछिन् झुर भयो । अघि लागेको खुशी एक झापड हानेर वुर्कुशी कता कुद्यो कता ।
म अवाक् रहेँ ।
वकिल ओझेल परिसकेको थियो । मानवता मरेको दानव भएको थिएँ म
त्यसबेला ।
Comments
Post a Comment