रोजविन -१

सबै अपसोचहरु थिए .....
चस्कीरहे, झस्कीरहे
मनमनमै एकदिन उसलाई भेट्दा सोचेको थेँ, कत्ति सोझी छे, ज्यादै लाटी । मेरो मोहनीजालमा फस्छे यो ।
आज मनमनै आवाज गुञ्जन्छ, फसाए, अनि फसेँ ।
मुद्धाको प्रक्रिया शुरु हुँदा लागेको थियो, ऊ उम्की भने ? म मात्र फसे भने ?
बिचरी ! विन एकदिन डाको छोडेर रुदै थिई । चिन्ताले कमजोर हुदै थिई । भक्कानिदै भनेकी थिई : 'मलाई नछोडन ।
त्यस्तो अवस्थामा मैले पनि सामान्य तरिकाले जवाफ दिएको थिए, कहा समातेको छु र ?
"तिमीले मलाई के सोचेका छौ ? कुन रुपमा लिएका छौ ? "
उसको प्रश्नमा मेरो जवाफ हुन्थ्यो, "तिमी निकटकी हौ, सबैभन्दा नजीककी ।" सायद सान्त्वना मिल्थ्यो । ऊ चुप लाग्थी । म बुझ्न सक्थेँ, ऊ अलमलमा छे । खासै सन्तुष्ट छैन तर आशा थियो विस्तारै सन्तुष्ट होली ।
सधै छुपाएँ मैले । मेरी प्रेमिका छ, अत्यधिक माया गर्छु म उनलाई । उनी मेरी सर्वेसर्वा हुन् । धर्ती, आकाश, जुन ।
प्रेम अन्तरमनबाट गरिन्छ । मैले उनैलाई अन्तरमनबाट गरे । उनैसग मेरा हर सपना जोड्दै थिए। अमृत पिलाएकी थिई । जादु चलाएकी थिई । खुशी दिलाएकी थिई अनि हात मिलाएकी ।
ठूला ठूला गाजलु आखा।
मेहित प्रित, मधुर भाका ।।
लालुपाते ओठ, भुलाउथ्यो चोट ।
हुदै नभाको, एउटै खोट ।।
अन्ततः भगवान प्रति आभारी हुन्थे । सपना बुन्थे, मनमनै गुन्थे "मेरी जीवन साथी ।"
––––––––
"के तिमी मसग बिहे गर्छौ" ठाडै सोधेकी थिई । ठड्यौली स्वभावे केटी ।
मैले त्यस्तो सोचेको छैन उत्तर गएको थियो ।
सायद, ऊ पिरोलिइ वा सामान्य ठानी । केही समय तनाव देली झै लागेर सम्पर्कविहीन हुन चाहेँ। चाहा बुझेरै वा खै किन उसले पनि सम्पर्क गरीन
काकाको विवाह लगत्तै उसको घरमा विवाहको कुरा चलेको  थियो । "लप्पन छप्पन गर्ने हैन । कोही छ भने विवाह योग्य उमेर भैसक्यो विवाह गर्दिन्छु । लभ परेको र सम्बन्धमा रहेको भए केटा बोलाउनु ।" बुवाको आदेश गएको थियो । काका, बुवा र दाईहरुको भरोसा र विश्वास उनीहरुको रक्षाको कवच थियो शहरमा । एकाएक शंकास्पद तरिकाले सफाई खोज्दा जंङ चलेको थियो उसलाई । त्यसपछि विवाहको लागि आफै कस्सिएकी  थिई । साथी भाईलाई वरको लागि भनेकी पनि । म उसलाई मन पराउदैनथे । साथीको लागि ठिक भएपनि घरमा बुहारी बनाउन योग्य केही गुण नभएकी जस्तो लाग्थ्यो । लागीरह्यो ।

अचम्म लाग्थ्यो, त्यो किन त्यस्तो काम गर्छे ? जो प्रायः केटिहरु गर्दैनन् ।
चिटीक्क परेर हिड्छन् केटीहरु । ऊ हिड्दीन । थ्रेडीङ गर भने । गरीन । गाजल लाउ भने । लगाइन ।
कुर्ता सुरुवाल मनपर्थ्यो मलाई, केटिहरुले लगाएको । वर्षमै २/३ पटक लगाउथी । सुहाउथ्यो तर म भन्दैनथेँ ।
धेरै पछि एकचोटी भने । उसले वर खोजेताका कुर्ता सुरुवाल बढी लगाई ।
भन्थी, ‘पाइन्ट टिसर्ट कुर्तासुरुवाल भन्दा सस्तो हुन्छ । बानी नै भैसक्यो । सजिलो लाग्छ । बुझ्नेले कुरा बुझ्दैनन् । जसलाई जे राम्रो लाग्छ त्यो कहा देख्न, भोग्न वा पाउन सकिन्छ र ?"
एकदिन भनेथे, ‘बरु २/४ सय म दिन्छु । हेर, खाऊ, मोटाऊ भएन यसरी । धेरै दुब्लायौं ।
माया नगर्ने कहा होर ? लागिहाल्थ्यो, म माया गर्थे गरिरहन्थे विवाह पो गर्दिन भनेको थे
सायद शुरुमा मन नै पर्थेन उसलाई म । प्रमुख कारण म स्वयं थिए । मैले स्कूलको एउटा साथीकोमा लगे । आफ्ना इन्द्रीय आफ्नै वशमा पार्न नसक्ने म वेवकुफ थिए । यौनतृप्ति चाहनाले मबाट उसलाई सायद एकप्रकारको यौनहिंसा नै गरेझैँ लाग्थ्यो होला कि ?
पछि भनेको थिएँ, "तिमीले धेरै राम्रो गर्यौ कार्यालय छोडेर ।" त्यतिबेलासम्म ममा अर्कैको लागि प्रेम भरिइरहेको थियो । जुन झै शीतलता प्रदान गर्ने व्यक्ति आएको थियो जिन्दगीमा । उहीप्रति समर्पीत थियो जीवन । उही थियो भाग्य/भरोसा, विश्वास वा नया बिहानीको आस । 
क्रमशM ...

Comments

Popular posts from this blog

मिस्टर एम

रोजविन ३

रोजविन -२