रोजविन -२
गोकर्णमा
गयौ एकदिन । उकालोमा बाइक रोकेँ। अलिक परतिर गयौं हामी । अलैचीघारी थियो । विनले ठाऊ
रमणीय भएकोले मनपराई । प्रसन्न थिई । कुनै फिल्मको दृश्य झै आभाष भैराथ्यो । त्यही बीचमा बसेका थियौं । मैले चुम्न खोजेँ
तर
मुख सहित मुन्टो नै धकेलिदिएकी थिई । ममा रिस र उ मा निराश सँगसँगै उत्पन्न भएको थियो
अनि फर्किएको थिएँ म साथमै लिएर रिस र रिस उठ्दी ।
फर्किदै
गर्दा मैले सोधेेँ "तिम्ले किन दिएनौ चुम्न ?"
भनेकी
थिई "मन
लागेन त्यसैले ."
पुनः
प्रश्न गरेँ "किन
मन लागेन ?"’
बालक
झैँ प्रश्न
तेर्स्याउने गर्थें म ।
मेरो
मनस्थिति बुझेरै होला उसले बाइक रोकाएकी थिई । राम्रो सँग
नरोकिदै ओर्लि ।
"ल आऊ ।" उ
सरासर अगि लागी । म पछिपछी । गुम्बा थियो । गुम्बाको साइड तिर गुन–गुन
गरिरहेका एक जोडि । पहिले छेलिएका थिए देखिदैन थियो त्यो जोडि । त्यहिबेला, रिसको
औषधिको रुपमा स्विकृति दिएकी थिई । मैले चुमेँ ।
मान्छे छन्, म भन्दै थिएँ । "केही
हुन्न देखेर ।" विनले
भनी ।
त्यसको
स्वीकृतिले सहजै बुझ्न सकिन्थ्यो मलाई मन पराउन थाली भनेर ।
म
डराएको थिएँ । भनेँ "तिमी
मलाई मन पराउन थालिछौ, यस्तो नगर ।"
जवाफमा आवाज
निस्केथ्योः "राम्रो
लाग्छौ । मन पराए के हुन्छ र ? "
"के हुन्छ हैन भनेको मान, कठोर
बन,
मन
नपराऊ ।"
मैले
भन्न सकिनँ । मेरी प्रेमीका छ । मनमनै सम्झीरहन्थेँ, ‘प्रियतमा, तिमी
मेरो मुटु हौ । धड्कीरहेकी छौं ।’
ज्यादै
निकट र अन्तरमनमा उसलाई भव्य स्थान दिएरै होला बाहिर कसैलाई भन्नु जरुरी थिएन । कुन्नी
तृप्ती पाउने अभिलाषामा पनि भनीन की ?
उसको
आखाँमा
मैले देखेको प्रेम साँचो थियो/थिएन तर झल्कीरहेको भान हुन्थ्यो ।
"त्यसरी नहेरन ।" कहिले
काँहि म भन्ने गर्थे ।
भुतुक्कै हुने गरी हेर्थी ।
गुम्बाबाट
फर्केपछी मैले भनेथे “हेर, ४/५
वर्ष त म बिहे गर्दिनँ ।’
‘यदि
तिमी प्रेम गर्छौ वा म चाहान्छौ भने ४/५ वर्ष हैन १०/१५
वर्ष नै कुरुला नी !
केटिले
कहिलेकाही घत लाग्दो कुरा गर्थि । "वाह, तिम्रो
प्रेमप्रतिको त्याग भाव । म यस्को सम्मान गर्छु ।" म
भनिदिन्थेँ ।
कैलेकाहीँ
भेट्थ्यौ हामी । मेरो अनुरोध प्रायः कहिल्यै नकार्दिन थि । ऊ हारेर आउथी । ठुस्स मुख
पारेर आउथी ।
"नरिसाउन" म
भन्ने गर्थे । उसको नजरमा राम्रो बन्ने गर्थे ।
घर
परिवार इष्टमित्र अलि–अलिलाई
थाहा थियो, म उसको कुरा गर्छु । उ मेरी साथी । म सम्मान
गर्छु । साथ दिन्छु ।
छाँगाबाट
खसे जस्तो विनको अनुहारको पर्वाह गरीनँ । विन संकोच मान्दै साथै हिडी । भित्र छिर्यौ । मैले तृप्ति चाहीरहेथेँ ।
विनले मानीन । म अलिक हड्बडाएँ पनि
। भनेँ, "म
नराम्रो गर्दिनँ ।" तानेर अंकमाल गरे“ ।
आफ्नो छातीमा टाँसेर
लामो सास लिइरहेँ । जे गर्न चाहेँ त्यो
नपाएकोले तनाव बढ्दै थियो । एउटा अंकमालको लागि ५०० तिरेँ ।
अनावश्यक झन्झट झेलेँ ।
"दुःख
पाइस् मङ्गले आफ्नै ढङ्गले" लाग्न त ठिक गरिरा जस्तो लागेको थिएन । तनाव झन्
बढ्यो । बाहिर आएँ । पसलमा चुरोट मागेँ ।
सल्काएँ ।
खाएँ ।
उ हेरीरहेकी थिई । एकप्रकारको अव्यक्त दर्द देखिन्थ्यो त्यसमा। ‘आइ
एम सरी’, भावुक
हुदै ३/४ पटक भनीरही । मलाई सरी भन्दा अरु नै केही
चाहिएको थियो । मौन रहेँ ।
मैले
हतपत स्कुटर हाकेँ । स्पीड बढ्दै गयो । अतृप्त भई फर्कीएर आए
जस्तो । उसैलाई रीस खन्याए जस्तो ।
त्यसमा
थोरै आतेश र धेरै गाम्भिर्यता देखीन्थ्यो त्यस्को मलाई के पर्वाह हुन्थ्यो ?
मोटरको गति कति हो कति बढ्यो । खत्र्याक खुत्रुक सामान बोकेर हिडीरहेकी पैदल यात्रीको
पोलथिनमा थोरै स्कुटरले छोयो । रोड
भरी सामान छरिए । "ए, के
हो तिमी ? विस्तारै
हाँकन ।"
म
बोलिरहेको थिइनँ । गाडीचढ्ने ठाउँसम्म पु¥याइदिएको
थिएँ, अनि
फरक्क फर्किएको थिएँ ।
मैले
गिता पढेँ । रामायण पढेँ ।
सत्ययुगका केही पात्रले कुनै परिस्थितीमा झुठ बोल्थेँ ।
कता–कता
मैले पनि नक्कल गरेँ ।
कुष्णले
छलकपट गर्थे रे । मैले पनि नक्कल गरेँ, विनसँग
थोरै छलकपट गरेर । विवाहबारे केही झूठो सकारात्मक अभिव्यक्ति पनि दिएर
।
लिखित
ऐतिहासिक सुपात्रहरु भित्रै पर्छु म पनि ।
विनले
कार्यालय छोडेपछी उमासँग प्रेममा परेको मान्छे म । उमा र म बीच
१/२ वर्ष अफेयर
चल्यो । स्नेहको मुना पलायो । बिरुवा हुदै वृक्ष भयो । फुल्दैथियो । फल्ने बेलामा हुरी
बतास चल्यो । ग¥ल्याम्मै ढल्यो । त्यो वृक्षसँगै
मेरा आदर्श सोच, इतिहासका आदर्श पात्रहरु मरे । ईश्वरप्रतिको
गहिरो आस्था फितलो भयो ।
म
मर्न चाहेँ । सकिनँ ।
तनमन वेचैन भयो । ज्यूदै मरितुल्य भएको आभाष भयो । पाइला शक्तीहिन हुन थाले । वैरागिन, रुन
थालेँ ।
आँखा
लोभी मन पापी । त्यही केटी(विन) को
हृदयविदारक शब्दहरु मनमा गुनगुनाइरह्यो । "मलाई
नछोडन" अनि मेरो भावहिन प्रतिक्रिया "कहाँ समातेको
छु र ? “
त्यसैले
सरापी । त्यसैको श्राप लाग्यो ।
कत्ति
रोएँ कत्ति
। त्यो पनि मलाई प्रेम गर्थी । एकाएक छोडेर जान सकी कसरी ? हैट\ ! कत्ति
कठोर पनि हुन सक्दा रैछन् स्त्रीहरु । कति निर्दयी भएर गई । कतै कठै, बाध्यताले
पो गई । प्रेमलाई त्यागेर गई । आज व्यवहारीक भई । भ्रममै किन नहोस् झन् उमाप्रति नजिकिन
थालेको थिएँ ।
Comments
Post a Comment